लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

डिसी नेपाल
१४ असोज २०८२ १८:२९
64
Shares

काठमाडौं । लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ देविनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६१ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय मातृका अधिकारी र तिलोत्तमा नगरपालिका-७ बस्ने ३२ वर्षीयको दिपक मल्ल रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले प्र.३-०२-००४प८५९१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मकवानपुरको बकैया गाउँपालिका-४ तुलसीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय रोजित लामिछानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बर्दियाको बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-३ दाङपुरूवा बस्ने २० वर्षीय शिव चौधरी र २१ वर्षीय सन्तोष कुमार थारू रहेका छन्। प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

इलामको इलाम नगरपालिका-८ तिल्केनी मोडस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय विशाल आचार्यलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.