चितवनमा काठमाडौं जाँदै गरेको ईभी दुर्घटना, ९ जना घाइते
नवलपुर । नवलपुरबाट काठमाडौं जाँदैगरेको ईभी माइक्रो गएराति चितवको इच्छाकामना गाउँपालिका ६ दुई नम्बर पुलनजिक दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ।
बा ४ ख ११४० नम्बरको बिग्रेर रोकिराखेको र्याकरमा बागमती प्रदेश ०६-००१ ज ००६९ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी, प्रहरी नायव उरीक्षक रविन्द्र खनालले जानकारी दिए।
घाइते सबै नवलपुरको देवचुली नगरपालिकाका वासिन्दा हुन्। दुर्घटनामा ८१ वर्षीय तुकबहादुर क्षेत्री, ७८ वर्षीया एकमाया क्षेत्री, २५ वर्षीय आशाकुमारी महतो, ३० वर्षका प्रेम महतो, २६ वर्षीया देवीमाया महतो, उहाँकी छोरी ६ वर्षीया बिहानी महतो, ४४ वर्षकी रन्जित महतो, ४१ वर्षकी ज्योति महतो र माइक्रोधनी कावासोती नगरपालिका ८ का ४० वर्षका रबि गुरुङ रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तुकबहादुरको अवस्था गम्भीर छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment