सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने पक्राउ

डिसी नेपाल
१५ असोज २०८२ ११:३९
280
Shares

काठमाडौं। सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका-५ का ३६ वर्षीय नेवाङ तामाङ रहेका छन्। काठमाडौं महानगरपालिका-१०, बुद्धनगरबाट पक्राउ परेका तामाङ काठमाडौंको बबरमहलमा बस्दै आएका थिए।

उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *