सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने पक्राउ

डिसी नेपाल
१५ असोज २०८२ ११:३९
280
Shares

काठमाडौं। सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका-५ का ३६ वर्षीय नेवाङ तामाङ रहेका छन्। काठमाडौं महानगरपालिका-१०, बुद्धनगरबाट पक्राउ परेका तामाङ काठमाडौंको बबरमहलमा बस्दै आएका थिए।

उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *