दशैंले छोप्यो, मेलामय बन्यो पोखरा टुडिखेल (फोटोफिचर)

डिसी नेपाल
१५ असोज २०८२ १२:४४
20
Shares

पोखरा। दशैंलाई लक्षित गरी पोखरा-१ स्थित टुँडीखेलमा सञ्चालन गरिएको अस्थायी बजारमा मानिसहरुको भीड देखिएको छ। कपडा, जुत्ता, खेलौना र घरायसी सामग्री सस्तो मूल्यमा पाइने भएकाले बिहानदेखि बेलुकीसम्म किनमेल गर्नेहरूको भीड बढेको व्यापारीहरूले बताएका छन्।

खुला मैदानभर कपडाका थुप्रा सजाएर विक्री भइरहेका छन् भने विभिन्न स्टल र छाप्रामा दैनिक उपभोग्य वस्तुहरू राखिएका छन्। मेलाको आकर्षणका रूपमा फेरि-चक्र (फेरिस ह्विल)र बालबालिकाका लागि विभिन्न खेल सामग्रीहरू पनि राखिएका छन्।

स्थानीयवासीहरूका अनुसार दशैंको तयारीका लागि यो अस्थायी बजारले विशेष सहजता पु¥याएको छ। व्यापारी र सर्वसाधारण दुबैको भीडले टुडीखेल क्षेत्रमा मेलामय वातावरण सिर्जना गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.