नब्बे लाखको लागतमा प्रहरी कार्यालय पुनर्निर्माण

डिसी नेपाल
१५ असोज २०८२ १४:५२
280
Shares

बिर्तामोड । जेनजी आन्दोलनमा भग्नावशेषमा परिणत भएका यहाँस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका भवन ९० लाखको लागतमा पुनर्निर्माण भएका छन्।

दुवै भवनको बुधबार आयोजित एक कार्यक्रममा उद्‌घाटन गरिएको छ। त्यस अवसरमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ र ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलसहितको टोलीलाई नगरवासीले फूलमालासहित टोलीलाई अभिनन्दन गरेका थिए।

त्यसअघि प्रहरीहरूका साथ नगरप्रमुख पवित्रा महतरा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, महासङ्घ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटीलगायत नगरवासीको टोलीले नगर परिक्रमा गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.