खत्रीको १०औँ पटक ठेलो फाल्ने प्रतियोगितामा जित

डिसी नेपाल
१५ असोज २०८२ १९:२९
216
Shares

म्याग्दी । ऐतिहासिक ताकमकोतमा यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धवलागिरि गाउँपालिका७ का ३५ वर्षीय अशोक खत्रीले जितेका छन्। सोही वडाका अध्यक्षसमेत रहेका खत्रीले १०औँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास रचेका हुन्।

आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो। खत्रीबाहेक हालसम्म १० पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपुजा व्यवस्थापन समितिका सदस्य तेजिन्द्रबहादुर थापाले बताए।

प्रतियोगितामा ताकम र आसपासका गाउँका २० युवाहरुले सहभागिता जनाएका थिए, थापाले भने, पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ।

विसं २०७१ देखि २०७७ सम्म लगातार सातपटक उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाएका थिएनन्। विसं २०७९ मा मालिका गाउँपालिका१ निस्कोटका याम परियारसँग पराजित भएका थिए। निरन्तरको अभ्यास, शारीरिक व्यायाम र स्वच्छ खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताए।

विसं २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिका रुपमा काम गर्दा तयारी नपुगेर सफल भएको थिइन, उले भने, विगतको मेरो रेकर्ड तोड्ने कोही पनि प्रतिस्पर्धी नदेखेपछि अन्तिममा प्रतिस्पर्धामा उत्रिएको थिए, एकै पटकमा अरूले भन्दा टाढा ठेलो फाले, सोख पूरा भएकामा खुसी छु

मालको सम्मानले समाजमा स्थापित गराउन र निर्वाचनमा उम्मेदवार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुभव छ भलिबल र बास्केटबलका खेलाडीसमेत रहेका स्नातक तहको शिक्षा हासिल गरेका खत्री नेकपा (माओवादी केन्द्र)को धवलागिरि गाउँपालिका कमिटीको उपाध्यक्ष पनि हुन्। जनप्रतिनिधिको जिम्मेवारी पूरा गरेपछि खेल प्रशिक्षक बन्ने खत्रीको लक्ष्य छ

खत्रीलाई गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनलगायतले फेता गुटाएर सम्मान गरेका थिए। स्थानीयहरले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए

महानवमी पर्वका अवसरमा परम्परागत चलनअनुसार ताकमकोतमा मच्छिमका छन्त्याल र काफलडाँडाका मगर समुदायले पुख्र्यौली नाच र हिलापोखरीका कलाकारले नौमती बाजा प्रस्तुत गरेका थिए ताकमकोतमा महानवमी पर्वका अवसरमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.