काठमाडौंका सडक सुनसान
काठमाडौं। विजयादशमीको बिहान आज काठमाडौं उपत्यकाका सडक सुनसान जस्तै छन्।
काठमाडौंबाट बाहिरका जिल्लामा दशैं मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ। टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ।
दशैंको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्यांक छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment