कुमारीलाई तलेजुको दर्शन गराइयो
काठमाडौं । नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजुको दर्शनबाट जीवित देवी कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।
वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताए। तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment