व्यासमा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलियो

डिसी नेपाल
१६ असोज २०८२ १५:५६
76
Shares

तनहुँ । विकासनिर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१र८२ मा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलेको छ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३।९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ। हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन्। यी पालिकाका भित्री सडक पनि हुन्। सोही आवमा एउटा पक्की पुल र पाँच वटा उद्यान पनि निर्माण भएका छन्। साथै ४९६ घरमा स्वच्छ खानेपानीको प्रबन्ध भएको छ।

एक हजार ५४ आयोजना सम्पन्न

नगरपालिकाले गत आवमा वर्ष एक हजार ५४ आयोजना सम्पन्न गरेको छ। एक हजार २१ उपभोक्ता समिति र ३३ वटा आयोजना ठेक्कामार्फत सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए।

पूरा भएका १६ वटा आयोजना ५० लाखभन्दा बढी लागतका, एक सय ६६ वटा आयोजना पाँच लाखदेखि ५० लाखसम्मका र आठ सय ७२ आयोजना पाँच लाखभन्दा कम लागतका हुन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.