जेनजी आन्दोलनका घाइते दौलत अझै अचेत, सरकारले सहयोग नगरेको गुनासो
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापा अझै वेहोस छन्।
भक्तपुरको मध्यपुर अस्पतालमा उपचार असंम्भव भएपछि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी रहेपनि उनी अझै अचेत अवस्थामा छन्। तर सरकारले आन्दोलनबाट घाइते भएको होइन भन्दै उपचारमा सहयोग गर्न असमर्थ रहेको परिवारले जानकारी दिएको छ।
घाइते थापाकी श्रीमती यमकला ठकुरी भन्छिन्, ‘२४ गतेको आन्दोलनमा उहाँको टाउकोमा गम्भीर चोट लागेको छ। दोब्बर अपरेशसन भइसकेपनि होस खुलेको छैन्। एक महिना हुन लागिसक्यो बेहोस नै हुनुहुन्छ। सरकारले उहाँलाई आन्दोलनकारी नभएको भनिरहेको छ तर उहाँसँग रहेको भिडियो र फोटोहरुले आन्दोलनमा प्रत्यक्ष सहभागि भएको देखिन्छ।’
भक्तपुरको ठिमी बस्दै आएका दौलतका बुबा र श्रीमती सहयोगको याचना गर्दै भौतारिरहेका छन्। ‘हामीलाई थाहा छ, आन्दोलनका लागि भनेर उहाँ बानेश्वर आउनु भएको थियो। कतिखेर र कसरी घाइते हुनुभयो केही पत्तो पाइएन। एक्कैचोटी अस्पताल पुर्याउँदा मात्र थाहा पायौं। एकसातादेखि ट्रमा सेन्टरमै उपचार गराइरहेका छौं। सरकार उपचार गराउनुपर्छ भनेर अनेक वहान बनाइरहेको छ। आफ्नै खर्चले उपचार गर्न सकिरहेका छैनौं। ऋण खोजेर उपचार गराइरहेका छौं। हाम्रो विजोग भयो,’यमकलाले भनिन्।
दौलतका बाबु गोरख बहादुर थापा आफनो छोरो आन्दोलनमा गएर घाइते भएको फोटो देखेपछि मात्र थाहा पाएको सुनाउँछन्।
भन्छन्, ‘छोरो पनि आन्दोलनमा गएको रहेछ मैले फोटो देखेपछि मात्रै थाहा पाएँ। अस्पताल लगेको छ भनेर राति साँढे ११ बजे मात्र थाहा पाएको हुँ। छोराको उपचारका लागि अस्पतालले एक लाख रुपैयाँ जम्मा गर्नुपर्छ भनेको छ। अपरेशनपछि सात दिन जति भेन्टिलेटरमा राखियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न कठिन भइरहेको छ। पहिले भन्दा केही सुधार हुँदैछ भनेर डाक्टरहरुले भन्नु भएको छ। तर खर्च धान्न मुस्किल परिरहेको छ।’
दौलतले आन्दोलनमा सहभागि भएको फोटो र भिडियोहरु सामाजिक संजालमा पनि पोष्ट गरेका थिए। साथै फेसबुकमार्फत लाइभ समेत गरेको भनेर परिवारका सदस्यहरुले जानकारी दिएका छन्। तर सरकारले उनको उपचार गर्न र कार्ड प्रदान गर्न आनाकानी गरिरहेको परिवारले बताए।







डिसी नेपाल







Facebook Comment