डोटीमा प्रहरी जवान मृत फेला

डिसी नेपाल
१८ असोज २०८२ १३:३३
60
Shares

दिपायल । डोटीमा एक ट्राफिक प्रहरी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ गोपघाटका २८ वर्षीय शंकर बलायर मृत फेला परेका हुन्।

शुक्रबार राति करिब ११ बजेतिर केआईसिंह राजमार्गको गोपघाट स्थित सडकमा घोप्टो परेको अवस्थामा बलायर मृत फेला परेका हुन्।

उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। बलायर जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *