सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न गगन थापाको आग्रह

डिसी नेपाल
१८ असोज २०८२ १७:०१
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्।

थापाले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनाहरूलाई व्यापक रूपमा प्रचार–प्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन सबैलाई अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा, म आम नेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू र स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिहरूलाई सरकारले जारी गरेका सूचनाहरू व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्दछु।’

साथै उनले पार्टीका सबै तहका कार्यकर्ताहरूलाई पनि पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात् गर्दै आफ्ना ठाउँमा सक्रिय रहन आग्रह गरेका छन्।

थापाले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै सबै निकाय र जनशक्तिलाई साझा जिम्मेवारीका साथ अग्रपंक्तिमा खटिनु समयको माग भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.