बागमती र लालबकैया नदीमा जल सतह बढेपछि तटीय क्षेत्र जोखिम

डिसी नेपाल
१८ असोज २०८२ १७:५२
36
Shares

रौतहट । अविरल वर्षका कारण रौतहटको बागमती र लालबकैया नदीमा जल सतह बढेपछि बाढीको जोखिम बढ्न थालेको छ।

यहाँको मुख्य नदी पूर्वी भागमा बागमती र पश्चिमी भागमा लालबकैया नदीले साधारण जलसतह पार गरेकाले नदी किनारका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ।

आजदेखि असोज २० गतेसम्म देशभर माध्यम देखि भारी र अति भारी वर्षा हुने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन रौतहट प्रशासनले सबैलाई अनुरोध गरेको हो।

यहाँको राजदेवी नगरपालिका, दुर्गाभगवती गाउँपालिका, बौधिमाई नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका र कटहरिया नगरपालिका बाढीको उच्च जोखिममा छ।

जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए।

विपद् प्रतिकार्यका लागि सम्पुर्ण सुरक्षा निकायलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन समेत दिएको उनले जानकारी दिए।

उनका अनुसार वर्षाका कारण हुन सक्ने क्षति न्यूनिकरण गर्न जिल्लाका सबै स्थानीय तह, रेडक्रस, विपद् क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई विपद् पूर्वतयारीमा जुट्न र उद्धार वा प्रतिकार्य तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।

अहिले जिल्लामा अविरल बर्षाका कारण यातायातका साधन कमै मात्रामा चलेका छ्न भने अधिकाश व्यापार ब्यवसाय ठप्प रहेको अवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.