दार्चुलाका खोला किनारमा दुई जनाको शव फेला

डिसी नेपाल
१८ असोज २०८२ १८:३९
32
Shares

धनगढी । दार्चुलाका खोला किनारमा दुई जनाको शव फेला परेको छ।

जिल्लाको ब्याँस गाउँपालिका–१ तिङ्कर खोला किनारामा दाङको घोराही उपमहानगरपालिका–११ का ४८ वर्षीय जितमान चौधरी र महाकाली नदी किनारामा सोही नगरपालिका–१ का ३६ वर्षीय देवेन्द्र कामीको शव फेला परेको हो।

नेपाल प्रहरीले देवेन्द्रको शव महाकाली नगरपालिका–४ बाङगाबरस्थित महाकाली नदी किनारमा फेला परेको बताएको छ। उनीहरूको शव शुक्रवार फेला परेका प्रहरीले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.