अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

डिसी नेपाल
१९ असोज २०८२ १५:५२
52
Shares

काठमाडौं। पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ। यो अति भारी वर्षा हो।

बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.