दार्चुलामा जिप दुर्घटना : एकको मृत्यु, १० घाइते

डिसी नेपाल
१९ असोज २०८२ २०:३०
40
Shares

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाको साकारबाट निसिलतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

महाकाली नगरपालिका९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर६ को बजगाडी भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाले डिएसपी गौरव महतको टोली घटनास्थलमा खटिएको र घटनाकाबारे पूर्ण विवरण नआएको बताएको छ। घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.