पहिरो पीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो

डिसी नेपाल
२० असोज २०८२ १२:००
16
Shares

विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ ।

घटनामा एक जना पुरुष र तीन जना महिला –एक बालिका सहित) घाइते भएका थिए । घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान झापास्थित अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।

नेपाली सेनाले आफ्नो उद्धार टोलीमार्फत पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर घाइतेहरुलाई सुरक्षित स्थानमा ल्याई हवाईमार्गबाट अस्पताल पु¥याएको बताइएको छ ।

आइतबार पनि नेपाली सेनाले गर्भवती महिला सहित दुई जनालाइ उद्दार गरेर इटहरी उपचारका लागि ल्याएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.