दार्चुला जीप दुर्घटनाका पाँच घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदै

डिसी नेपाल
२० असोज २०८२ १४:०९
8
Shares

धनगढी । दार्चुलामा आइतबार भएको जीप दुर्घटनामा घाइते भएका पाँच जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छर

महाकाली नगरपालिका९ गजुराडीमा भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए।

घाइतेमध्ये वर्ष १४ का त्रिभुवन बहादुर पाल, वर्ष २७ का लोकेन्द्र धामी, वर्ष २५ का शुभम पाल, वर्ष २७ का जयबहादुर पाल र वर्ष २८ का पंकज पालको धनगढीको मायामेट्रो उपचार भइरहेको छ। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ। अन्य घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ।

उक्त जीप (बागमती प्रदेश ०३००१ ज ०२०६) आइतवार दिउँसो सकारबाट वडा नम्बर ६ निसिलतर्फ जाँदै गर्दा गजुराडी भन्ने स्थानमा सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो। दुर्घटनामा महाकाली नगरपालिका९ का २८ वर्षीय नरेशबहादुर पालको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.