बेनिघाट–लार्के सडकको पहिरो हटाइयो

डिसी नेपाल
२० असोज २०८२ १५:०७
40
Shares

गोरखा । बेनिघाटलार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ। पहिरोका कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ।

अत्यधिक वर्षाका कारण बेनिघाटलार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातका साधन बीच बाटोमै थन्किएका थिए। माछाखोलासम्म सवारीसाधन चल्न थालेका स्थानीय रञ्जना ढकालले जानकारी दिइन्।

तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन। उक्त स्थानमा स्थानीयले पहिरो हटाएर पैदलयात्रुलाई हिँड्न मिल्ने बनाएको ढकालले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *