सुनकोशी नदीमा बालकको शव फेला

डिसी नेपाल
२० असोज २०८२ १६:२३
24
Shares

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको भैंसेस्थित सुनकोशी नदीको भुमरीमा सोमबार एक बालकको शव भेटिएको छ।

बन्देउस्थित सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकका प्रमुख एसपी अच्युत मजगैयाका अनुसार करिब १२ वर्षीय बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको हो। उनको पहिचान खुल्न सकेको छैन। उनलाई कुन स्थानबाट बगाएर ल्याएको भन्नेबारे विवरण फेला नपरेको प्रहरीले जनाएको छ।

यसअघि असोज १० मा बलेफी गाउँपालिका५, बलेफीस्थित अरनिको राजमार्गबाट एक भ्यान भोटेकोशी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका थिए र सहचालक बेपत्ता भएका थिए।

तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको जिप सडकबाट भोटेकोशी नदीमा खसेको थियो। उनीहरूको प्रहरीले खोजी गरिरहे पनि केही पत्ता लाग्न सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *