एमाले मधेश सरकारबाट समर्थन फिर्ता लिँदै

डिसी नेपाल
२२ असोज २०८२ १५:२८
264
Shares

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ। एमालेका प्रमुख सचेतक हरिनारायण महत्त्वका अनुसार आज ४ बजे समर्थन लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाइने छ।

मुख्यमन्त्री सतीश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरे पनि पछि राजीनामा फिर्ता लिएका थिए।

जनमतले समेत प्रदेश प्रमुख र सभामुख रामचन्द्र मण्डललाई समर्थन फिर्ता र सरकारबाट बाहिरिएको पत्र भदौ ३१ गते नै बुझाइसकेको छ। एक साता अगाडि नेपाली कांग्रेसले समेत समर्थन फिर्ता लिइसकेको छ।

२०८१ जेठ २५ मा नेकपा एमालेसहितका दलको समर्थनमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.