जेनजीले उठाएका माग बुझेर अघि बढ्नुपर्छ : रमेश लेखक
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी पुस्ताले उठाएका विषयलाई बुझेर अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा जेनजीको आवाजलाई बेवास्ता गर्न नहुने धारणा राखेका हुन्।
‘जेनजी पुस्ताले जे माग उठाउनुभएको छ। ती मागलाई पनि बुझेर लोकतन्त्रको मूल्य मान्यतालाई राखेर अघि बढाउनुपर्ने जरुरी छ। अहिले उत्तेजित हुने, आग्रह/पूर्वाग्रह, प्रतिशोध आदिबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवार हुनु जरुरी छ,’ उनले भने।
लेखकले जेनजी आन्दोलनको पहिलो दिन नै पदबाट राजीनामा दिएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment