जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका छैनौं : रमेश लेखक
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिले आफूलाई दु:खी तुल्याएको बताएका छन्।
तत्कालीन गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता लेखकले निकै ठूलो र दुखद घटना भएको बताएका हुन्।
शुक्रबार पत्रकारसँग कुरा गर्दै पहिलो दिनको घटनामै आफूलाई ठूलो पीडा भएकाले तत्कालै राजीनामा दिएको बताएका छन्।
‘भदौ २३ र २४ गते जेनजी पुस्ताले राखेका माग समग्र नेपाली जनताकै माग, चाहना, आवश्यकता थिए। उहाँहरूले गरेको प्रदर्शनमा दुर्भाग्य बस घुसपैठ भयो र निकै दुखदायी घटना घट्यो। दुवै दिनका घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु,’ उनले भने।
जेनजी आन्दोलनका क्रममा भएको क्षतीप्रति आफू पीडादायी रहेको उनले बताए। ‘मैले २३ गतेको दिनमा त्यस्तो घटना भइसकेपछि त्यसै दिन तत्काल नै तत्कालीन गृहमन्त्रीको पदबाट मैले राजीनामा पनि गरिसकेको थिएँ। त्यसपछि २४ गतेका दिन पनि अत्यन्त दुखदायी र पीडादायी घटनाहरू भए,’ उनले भने।
अहिले आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध त्यो घटनामा बल प्रयोग गर्न दबाब दिएको गलत आरोप लागिरहेको भन्दै उनले दुखेसो पोखेका छन्।







डिसी नेपाल







Adesh diye pani nadiye pani ta ra PM le yeso vandaima mafi paudaina