देउवा, ओली र प्रचण्डलाई बिदा गरौं : गगन थापा (भिडिओ)

डिसी नेपाल
२६ असोज २०८२ १७:५३
132
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बर्तमान अवस्था सुधारका लागि मुख्य दलका तीन शीर्ष नेताहरु राजनीति छाडनु पर्ने बताएका छन्।

महामन्त्री थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेतृत्व छाड्नु पर्ने बताएका हुन्।

समाजिक संजाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै थापाले वर्तमान अवस्था सुधारका लागि तीन शीर्ष नेताले तत्कालै नेतृत्व छाड्नु पर्ने बताएका हुन्।

थापाले जेनजीसँग सम्वाद अघि बढाउनुपर्ने बताउँदै जेनजी र आफूहरुले चाहेको सुशासन नै हो भन्दै त्यसका लागि सँगै मिलेर संवाद गरेर अघि बढ्नुपर्ने बताए।

तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन्। ‘म एमाले माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रष्ट भन्नुपर्छ, अब नो मोर,’ थापाले भनेका छन्।

थापाले आफूहरु पनि हातपात हुनबाट बालबाल बाँचेको बताए। उनले भने, ‘हामी पनि त्यही कुटपिट, हातपात र अपमान सहेर नै आएको हो। हामी आफ्नो नेताहरुलाई सम्मान पनि गरौं। इम्पेथी पनि राखौं। सँगसँगै कांग्रेस, एमाले र माओवादीका सबै साथीहरुलाई अपिल पनि गर्छु हामीले आफ्ना तीन वटै नेताहरुलाई ब्लन्ट्ली भन्नुपर्छ कि तपाई अब नो मोर। तपाईंहरुले छोड्नुपर्छ। अब तपाईहरुबिना नै हामी पार्टी चलाउन सक्छौं। हामीले सम्हाल्नुपर्छ। नेतृत्व बदल्नुपर्छ । संस्कृति बदल्नुपर्छ ।’ छोड्न परे आफूपनि छोड्न तयार रहेको उनको सन्देश छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *