फुट्यो सीके राउतको पार्टी

डिसी नेपाल
२६ असोज २०८२ १९:४९
1.5k
Shares

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी विभाजन भएको छ। जनमतले पार्टी उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सूर्यनारायण यादवलाई कारबाही गरेपछि विवाद भएको थियो।

लामो समयको विवादपछि आज पार्टीका केही नेताले औपचारिक रूपमा विभाजनको बाटोमा रोजेका छन्।

छुटेको समूहले दीपक साहको नेतृत्वमा नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाएको छ। साह समूहले जनस्वराज पार्टी दर्ता गर्न लागेको छ। उनीहरूले उक्त पार्टीको नामसहित निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।

साहले पार्टीको ४० प्रतिशत केन्द्रीय सदस्य पुर्‍याएर पार्टी विभाजन गर्न लागेको बताएको छ। जनमतमा रहेका ५२ जना कार्यकारिणी समितिमा साहको पक्षमा १५ जना रहेको बताइएको छ।

संसदीय दलका नेता महेश यादवलाई मुख्यमन्त्री नबनाई सांसद सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाएपछि जनमतमा असन्तुष्टि बढेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *