एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार

डिसी नेपाल
२७ असोज २०८२ १९:३५
12
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ।

पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले पछिल्लो राजनीतिक अवस्था, समान विचारधारा भएका विभिन्न दलहरूसँगको एकतालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन, कार्यदिशा र आन्तरिक विवाद समाधानका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने उनले बताए। साथै, यही असोज ३१ गते गर्न बस्न लागेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकको कार्यसूची तयार गरिने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *