हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन्।
मोरङका चारजना महाधिवेशन प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेपनि जिल्लाका पदाधिकारीहरूले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन्।
पदाधिकारीहरूले विशेष महाधिवेशनका लागि भन्दै नियमित महाधिवेशनमा हस्ताक्षर गराएकाले फिर्ता लिएको उनीहरूको भनाइ छ।
मोरङको क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि निरा कट्टेल तथा जानकी कुमारी केवरत र मोरङ ५ का महाधिवेशन प्रतिनिधि जिरालाल मण्डल तथा बिमलादेवी राजवंशीले आफूहरू नियमित महाधिवेशन नभई विशेष महाधिवेशनको पक्षमा अडिग रहेको स्पष्ट पारेका हुन्।
केन्द्रीय पार्टी सभापतिलाई सम्बोधन गरी पठाइएको पत्रमा पदाधिकारीहरूलाई विश्वास गरेर हस्ताक्षर गरेकोमा आफूहरुलाई झुक्काइएको उल्लेख छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment