अठार वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ
काठमाडौं। नेपाल प्रहरीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भएका फरार कैदीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाया भएका धादिङ सिद्धलेक गाउँपालिका–३ का ३८ वर्षीय गणेश श्रेष्ठलाई आज पक्राउ गरेको हो।
व्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जवराले जेनजी आन्दोलनको मौका छोपेर केन्द्रीय कारागारबाट भागेका श्रेष्ठलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरिएको जानकारी दिए।
प्क्राउ श्रेष्ठले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका थिए। पक्राउ श्रेष्ठलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा बुझाएको ब्यूरोले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment