मुग्लिन–नारायणगढ सडकको नाम्सी पुलमा पहिरो

डिसी नेपाल
१६ असोज २०८३ २२:३१

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिकास्थित नाम्सी पुलनजिकै माथिबाट ढुंगा खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बेलुकी ९:१५ बजेदेखि निरन्तर ढुंगा खस्न थालेपछि यातायात सेवा प्रभावित बनेको हो।

सुक्खा पहिरोका कारण ढुंगा खस्ने क्रम नरोकिएकाले पन्छाउने काममा कठिनाइ भइरहेको छ। रातको समयमा सो सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई उच्च सतर्कता र सावधानी अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *