निर्वाचनका लागि भयरहित वातावरण बनिसकेको छैन : देउवा

डिसी नेपाल
२८ असोज २०८२ १४:३९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण बनिनसकेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन्। मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएकाले चुनावका लागि भयरहित वातावरण बनिनसकेको बताएका छन्।

‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन। निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ। यसतर्फ सरकारको ध्यान जाओस्,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *