विशेष महाधिवेशन माग गर्दै संकलन हस्ताक्षर कावा सभापतिलाई बुझाउने छौं : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलन भएको हस्ताक्षर बुधबार कार्यबाहक सभापतिलाई बुझाइने भएको छ।
मंगलबार नै हस्ताक्षर बुझाउने भन्दै पार्टी कार्यालय पुगेका नेता कार्यकर्ताहरुलाई महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माको आग्रहपछि बुधबार हस्ताक्षर बुझाउने गरि फर्काइएको हो। नेता कार्यकर्ताहरूले मंगलबार नै आफूहरू हस्ताक्षर बुझ्नुपर्ने भन्दै नारावाजी गरेका थिए।
त्यसपछि महामन्त्री थापाले मंगलबार केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेर बहादुर देउवाले कार्यबाहक सभापति तोकेको र महाधिवेशन समयमा नै गर्न निर्देशन समेत दिनुभएको हुनाले उहाको सम्मानस्वरुप बुधबार मात्रै विशेष महाधिवेशन माग्दै संकलन भएको हस्ताक्षर बुझाउन आग्रह गरेका थिए।
मंगलबार केन्द्रीय समिति बैठकमा सभापति देउवाको अन्तिम उपस्थीत भएकाले पनि त्यसलाई पनि सम्मान गर्दै केन्द्रीय समिति अन्य एजेण्डमा प्रवेश नगरेको उहाले बताए। थापाले बुधबार तीन बजे नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा स्वागत गर्ने र हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाउने व्यवस्था गर्ने उल्लेख गरे।
विशेष महाधिवेशन माग गर्दै कांग्रेसका केहि नेता कार्यकर्ताले हस्ताक्षर संकलन गरेका थिए। उनीहरूले ५० प्रतिशत भन्दा बढि प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको दावी गरेका छन्।







डिसी नेपाल






Facebook Comment