गरियो म्हः (आत्म) पूजा

डिसी नेपाल
५ कार्तिक २०८२ २०:२४
76
Shares

काठमाडौं। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले गर्ने म्हः (आत्म) पूजा आज साँझ विधिपूर्वक सम्पन्न भएको छ।

कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा गरे वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरिन्छ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले म्हः (आत्म) पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा भवानीप्रसाद खतिवडा बताउँछन्। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी-देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ। यसै विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो।

विगतमा नेवार समुदायले मात्र मनाउने यो पर्वमा अहिले अरु समुदायका मानिस पनि सहभागी हुन थालेका छन्। म्हः (आत्म) पूजा शास्त्रसम्मत् भएकाले पनि अन्य समुदाय सहभागी हुन थालेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *