कविता : एक सुन्दर दृश्य
एक सुन्दर दृश्य नजरमा परी गयो
सुतेका सब यी अंग जुर्मुराई उठीगयो
सपनामापनि देखेको थिइन त्यो दृश्य
बिपनामा एक्कासी कसरी देख्न पुगियो।
सुन्दर परीको रुप अनमोल बिचित्रको
शरीर भर्खरको माधुर्य अनुहार खुस्बुको
सिमसिम पानी बरसातको मौसममा
एउटा साँगुरो बाटोमा हिँडेकी छिन् सुस्तमा।
आधी रुप घामले प्रष्ट आधि अध्याँरो निशा
छायाँपनि उनकै साथ हिँडेको कता कता
गन्तब्यहीन ति नारी हिँड्दैछिन् उकालोमा
आहा! ती कती राम्री मेरो त्यो हेराइमा।
मधुरो गीत गुन्गुनाउँदै ओठबोली फुटाउँदै
गाएकी गीत तिनले कसैको भेट पर्खिंदै
भाषा प्रेमको बोली मुखबाट छचल्किन्दै
ओठ दुइको त्यो प्रेम आपसमा जुध्दै।
उनको प्रेमको गीतले रुखका पात झर्दछन्
ठूला ठूला बृक्षपनि लाजले मुस्कुराउँछन्
डाँडा पाखा नदीनाला उक्ली उनि झर्द्छिँन
चौडा मैदानमा पुगी मुसु मुसु हाँस्दछिन्।
रुप बर्णनमा छैन कुनै इश्वरको किताबमा
जीवन भर पछि लाग्छु उनैको पर्खाईमा
एक सुन्दर दृश्यको गाथा म कति सुनाउँ
हृदयभित्र गडेको त्यो फोटो कसरी मिटाउँ।
चन्द्रको घामले ती उज्याली कति थिइन्
अस्ताउँदा उनै चन्द्र तिनी काहाँ लिन भइन्
माया प्रेमको नाता काहासम्म फैलिने हो
त्यो दृश्य रुपको छापले कति झस्किने हो।
कायामा छैन केही मोहमा बज्छ सबै चूरा
सम्झिनै रहुँ जस्तो लाग्छ एक दृश्यको कुरा
सम्झिनै रहुँ जस्तो लाग्छ एक दृश्यको कुरा।
No ads found for this position


Facebook Comment