कविता : जेनजी आन्दोलन

प्रकाशचन्द्र खतिवडा
८ कार्तिक २०८२ १०:१९
120
Shares
देश लयमा फर्क्याे  या फर्केन
जेनजीहरुको माग संवोधन भयो या भएन
खरानीको टीका लगाएर
म सिहंदरबार खोजी रहेछु।
मलाई मर्न देऊ
म मरेर देश बाँच्छ भने
मलाई रुन देऊ
म रोएर देश हाँस्छ भने।
म बल्न चाहन्छु
अन्याय विरुद्ध
म  लड्न चाहन्छु
भ्रष्टाचार विरुद्ध
म बोल्न चाहन्छु
शोषण विरुद्ध।
मलाई अराजक घोषण गरे पछि
मेरो नाममा वारेण्ट जारी गर्दै
मलाई राष्ट्रघाती आरोपित गरी
राष्ट्रघात गर्छन् तिनीहरु।
देशको सीमारेखा मिचिएको छ
कालापानी, लिम्पियाधुरा लिपु लेक
बेदनाको गीत बनेको छ
मौन छ सरकार
सरकार पनि
बाटो बिराएको स्याल जस्तै भएको छ।
राष्ट्र छैन भनु कसरी?
राष्ट्रियता छैन भनु कसरी ?
शरणार्थी शिविरमा बसेका मान्छे
राष्ट्रियताको गीत गाउँछन्
लेण्डुप दोर्जे प्रवृत्तिलाई चुनौती दिँदै।
म खण्डहरुमा उभ्भिएको छु
मैले खण्डहर कोट्याउनै छ
जहाँबाट सुरु भएको थियो
मेरो सभ्यता र इतिहास
म सभ्यताविहीन
म इतिहासविहीन
धर्ती पुत्र कसरी हुन सक्छु?
म यही माटोमा हुर्केको हुँ
मेरी आमा दश नंग्रा खियाउँथिन
म आमाको सिको गर्थेँ
मेरा बा मलाई  अर्ती दिँदै  भन्थे
देशको सेवा गरेस्
मैले देश बुझेकै थिइनँ
तै पनि हस् भन्थें।
परिवर्तनको नाममा
देशमा अनेकन आन्दोलन भए
सयौंले शाहदत प्राप्त गर्दा पनि
फेरिएन जनजीविकाका कुरा
दुःख पीडा उस्तै रह्यो
सत्ता परिवर्तन भए पनि।
दर्जनौं जेनजी मारिएर
आगजनी र तोडफोड पछि
सरकार ढल्यो
सरकार बन्यो
ढलेन वेतिथि र नातावाद
सायद, बनेन जेनजीहरुको सपना सरकार
एक थान प्रधान मन्त्री फेर्न मात्रै
भड्किएको थियो त जेनजी आन्दोलन ?
सुन्दरहरैंचा-०६, दुलारी, मोरङ

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *