आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

डिसी नेपाल
२५ भदौ २०७६ २१:३६

काठमाडौं । सोलुखुम्बु, खुम्बुपासाङल्हामु गाउँपालिका २ सुर्के बस्ने रोमन राईको जस्ताले छाएको घरमा बुधबार बिहान आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

ललितपुर, ललितपुर महानगरपालिका २१ सानो खोकनास्थित भारतिय नागरिक बिनायक जैसवालको कपास कारखानामा बुधबार बिहान आगलागी भएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी, सशष्त्र प्रहरी बल, नेपाली सेना र दमकल समेतको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको छ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *