डेङ्गुको विरुद्ध अभियान चलाउन मुख्यमन्त्री भट्टको निर्देशन
फाइल फाेटाे
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डेङ्गु रोग फैलिन नदिन यस विरुद्ध अभियान चलाउन स्वास्थ्यकर्मी र सरोकारवालाई आज निर्देशन दिएका छन्।
आज धनगढीमा भएको डेङ्गु रोग नियन्त्रण सम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्री भट्टले उक्त रोगको रोकथामका लागि अपनाउनुपर्ने सबै उपायहरु कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिए।
बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले डेङ्गु रोगका बिरामीको मन्त्रालयले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए।
बैठकमा सामाजिक विकास मन्त्रालय र अन्तर्गतका स्वास्थ्य निकायका प्रमुख एवं स्वास्थ्यकर्मीको समेत सहभागिता रहेको थियो।
सुदूरपश्चिम प्रदेशमा आजसम्म डेङ्गु रोगबाट पीडित २८जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। यो रोगबाट सङ्क्रमित डोटीका एक जनाको मृत्यु भएको छ।
लामखट्टेको टोकाइबाट यो रोग लाग्ने भएकोले सो रोगको रोकथामका लागि लामखुट्टेको प्रकोप रहनसक्ने सम्भाव्य ठाउँमा आजैदेखि विषादी छर्किने कार्यका साथै व्यापक रुपमा जनचेतना अभियान थालिएको मन्त्री सुवेदीले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment