एमाले सचिवालय बैठक सुरु
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा सुरु भएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा छलफल हुने छ।
एमालेले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा ११औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। यस्तै, आजको बैठकले महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड बनाउनुका साथै महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment