नेकपा एससँगको एकता प्रक्रिया रोकौं : जनार्दन शर्मा

डिसी नेपाल
१५ कार्तिक २०८२ १८:०४
160
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन्।

पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने र कुण्ठित गर्ने गरि भएको एकता प्रयासले माओवादी आन्दोलन बिसर्जनतर्फ जाने उनले बताए।

उनले आम रुपमा समग्र कम्युनिष्ट र समाजवादको आन्दोलनलाई एकीकृत गर्ने गरि अभियान चलाउदा पार्टीलाई नयाँ ठाँउमा लैजान सकिने जिकिर गरे।

महाधिवेशनबाट विधिसम्मत ढंगबाट नेतृत्व हस्तान्तरणमा जानुपर्नेमा त्यसलाई अस्वीकार गर्दै एकताका नाममा मनोनित गरेर आफ्ना वरिपरि सुरक्षा घेरा बनाउने प्रयत्न भइरहेको उनले आरोप लगाए।

शर्माले माओवादी आन्दोलनलाई बलियो बनाउन गम्भीर हुनुपर्ने बताए। आफ्नो लिखित धारणा राखेर शर्मा बैठकबाट बाहिरिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.