महेश बस्नेतको आरोपः बालेनको स्टाटसले उनको ‘स्तर’ देखायो

डिसी नेपाल
१६ कार्तिक २०८२ १०:५६
44
Shares

काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहले अब जनता झुकाउने दिन सकिएको बताएका छन्।

शनिबार राति बालेन साहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको भन्दै अव जनता नझुकिने जिकिर गरेका हुन्।

बस्नेतले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो राति बालेन शाहले लेखेर तुरुन्तै हटाएको स्टाटसले त उनी वास्तवमै कस्ता स्तरका हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आएको छ।’

उनले आफूले तीन वर्ष अगाडि बालेन साहको हैसियत र यथार्थको बारेमा टिप्पणी गर्दा गाली गर्नेहरुले अहिले ठिकै भनेको बताए।

‘तीन वर्ष अगाडि जब मैले बालेन साहको हैसियत र यथार्थको बारेमा टिप्पणी गरेको थिएँ, त्यतिबेला मलाई गाली गर्ने धेरै साथीहरूले अहिले आएर भन्छन् “तपाईं ठिक हुनुहुँदो रहेछ, हामी नै गलत रहेछौँ,’ उनले लेखेका छन्।

उनले थोरै मान्छेलाई धेरै समयसम्म र धेरै मान्छेलाई थोरै समयका लागि झुक्काउन सकिने भन्दै बालेनले अब झुकाउन नसक्ने पनि बताए।

‘भन्ने गरिन्छ थोरै मान्छेलाई धेरै समयसम्म झुक्काउन सकिन्छ, धेरै मान्छेलाई थोरै समयका लागि झुक्काउन सकिन्छ, तर सबैलाई सधैं झुक्काउन सकिँदैन। बालेन शाहले अब जनता झुकाउने दिन सकिएका छ,’ उनले लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *