कांग्रेस मुख्यालयमा युवाहरुको विरोध प्रदर्शन

डिसी नेपाल
१६ कार्तिक २०८२ १३:४१
40
Shares

काठमाडौं । नेपाली कांग्रेसको आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । बैठक अन्तिम समयमा आएर स्थगित भएको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाए। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ।

उक्त बैठक २०८२ कात्र्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ।

शुक्रबार पनि बस्दै नबसी आजका लागि बैठक तय गरेर स्थगित भएको थियो।

यता, कांग्रेसका युवाहरुले पटक पटक केन्द्रीय समितिको बैठक सारिएकोमा विरोध जनाएका छन्। उनीहरुले सानेपा पार्टी कार्यालय अगाडि प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। उनीहरुले नियमित महाधिवेशन गर्न या तत्काल केन्द्रीय समिति भंग गर्न माग गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *