६ एसएसपीका लागि १७ एसपीको दौडधुप

डिसी नेपाल
१७ कार्तिक २०८२ १२:४९
4
Shares

काठमाडौं। पाँच एसएसपीलाई डीआईजीमा बढुवा भएपछि अहिले ६ पद रिक्त भएको छ। रिक्त पदका लागि १७ एसपीहरु दौडधुपमा लागेका छन्। यसपटकको एसएसपी बढुवामा अघिल्लो पटक छुटेका केहीसहित इन्स्पेक्टर दर्जाको ११४ टोलीका अधिकृत मुख्य दाबेदार छन्।

पाँच सीटका निम्ति १७ जना दाबेदार छन्। बढुवा हुनुपर्नेमा पहिलो नम्बरमा विमल बस्नेत छन्। उनी गत साउन ५ मा ११ एसएसपी सिफारिस हुँदा छुटेका थिए। अमेरिका घुम्न गएका उनले उतैबाट गृह मन्त्रालयमा उजुरी पनि दिए। तर उनको उजुरीको सुनुवाई भएन।

राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ५ गते भर्ना भएका अधिकृत हुन्। उनका सबैजसो व्याची एआईजी र डीआईजी भइसकेका छन् । सुर्खेत ट्राफिक प्रमुख हुँदा आर्थिक हिनामिनामा परेपछि चार वर्ष बढुवा रोक्कामा परेका कारण उनी यसपटक एसएसपी हुने चरणमा पुगेका छन्।
एसएसपी बढुवाका दोस्रो नम्बरका दाबेदार रामप्रकाश शाह हुन्।

उनी पनि अनुसन्धान विभागको अधिकृतमा २०५५ भदौ २२ मा भर्ना भई २०६७ पुस २३ मा डीएसपी हुँदै अगाडि आएका हुन्। बढुवाको तेस्रो नम्बरमा रहेका भुवनेश्वर तिवारी २०५५ कात्तिक १ मा असई भर्ना भएर ११४ टोलीअन्तर्गत २०५८ साउन १८ मा इन्स्पेक्टरको प्रतिस्पर्धामा उत्तीर्ण भएका हुन्। डीएसपी बढुवादेखि नै उनी पछि पर्दै आएका छन्। उनी २०६९ फागुन १३ को बढुवाका डीएसपी हुन्।

यो बढुवामा ११४ टोलीका अधिकृतमध्ये ऋषिराम कँडेल बढुवाको चौथो नम्बरमा छन्। त्यसपछि क्रमशः सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी एसएसपीको बढुवा वरीयतामा छन्। अर्का दाबेदार नकुल पोखरेल २०५५ कात्तिक १ का असई हुँदै ११४ टोलीमा भित्रिएका हुन्।

सोही टोलीका पदमबहादुर विष्ट र सुवासचन्द्र बोहोरा पनि एसएपीको दावेदार हुन्। २०५५ कै असई टोलीबाट इन्स्पेक्टरमा नाम निकालेका बासुदेव खतिवडा बढुवा वरीयताको ११ नम्बरमा छन्।

प्रजित केसी, राजकुमार सिलवाल, यागेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलीप घिमिरे र वीरेन्द्रबहादुर शाहीसमेत गरेर प्रतिस्पर्धी संख्या १७ पुगेको हो । तर, एसएसपी दर्जामा ६ दरबन्दीमात्रै रिक्त छन्। एसएसपी प्रकाश रानाभाटले राजिनामा दिएपछि एसएसपीको दरवन्दी रिक्त भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.