टिम्वर क्राफ्टको नयाँ शाखा झापाको विर्तामोडमा

डिसी नेपाल
२६ भदौ २०७६ १६:१४
4
Shares

काठमाडौं । विगत लामो समयदेखि स्किन ढोकाहरुको उत्पादन तथा बिक्रि वितरण गर्दै आएको टिम्वर क्राफ्ट प्रालिको शाखा झापाको विर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

मंगलवार एक कार्यक्रमकाबीच उक्त शाखा कार्यालय ईस्ट टिम्बर प्रालिको उद्घाटन गरिएको हो।

देशका बिभिन्न जिल्लाहरुमा सेवा विस्तार गरिरहेको कम्पनीले अब प्रदेश १ मा पनि उक्त शाखा मार्फत नेपालमै बनेका स्किन ढोकाहरु बजार विस्तार गर्ने टिम्बर क्राफ्टका प्रवन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले जानकारी दिए।

उनले भने, ‘नेपाली उत्पादन भनेपछि प्रयोग गर्न पनि आम मानिसले गर्व गर्न लायक परिणाम हाम्रा ढोकाहरुले दिनेछन, यसको लागि हामी रात दिन नभनी सस्तोमा टिकाउ, भरपर्दो ढोकाहरु उत्पादन गर्न तिर लागेका छौं।’

ललितपुरको सातदोवाटोमा प्रमुख कार्यालय र नवलपराशी गैंडाकोटमा कारखाना रहेको कम्पनीले पानीले असर नगर्ने, किराले नखाने, वाङ्गो टिङ्गो नहुने, सजिलै कम समयमै फिट गर्न सकिने, सबै प्रकारका घरहरुमा अनुकुल हुने, सस्तो तथा आकर्षक ढोकाहरु उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ।

उक्त ढोकाहरुमा कम मात्रामा काठको प्रयोग गरिएको र सुरक्षाको लागि आवश्यक उपचार विधी अपनाइएको छ। कम्पनीका देशैभरिमा ४५ भन्दा बढी ठाँउमा डिलर रहेको कम्पनीले जनाएको छ।

ढोकाहरुको बारेमा जानकारी दिदैं प्रवन्ध निर्देशक बस्नेतले भने ‘देशमा काठको अभाव भईरहेको वेलामा काठको को प्रयोग गरिएका टिकाउ ढोका दशैभरि पुर्याउन पाउँदा अत्यन्तै खुसी भएका छौँ।’ टिम्बर क्राफ्ट बारे थप जान्न कम्पनीको वेभसाईट हेर्न सकिने कम्पनीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *