लापसे गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा

डिसी नेपाल
२५ कार्तिक २०८२ २१:३६
52
Shares

काठमाडौं। काठमाडौंको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा आउनेमा पठाओ मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका ६ का ३९ वर्षीय शेखर नाथ घिमिरे, बाराको पचरौता नगरपालिका ६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिका का २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ३ का ४७ वर्षीय सुरज कुमार बजगाई, भाडाबस चालक मकवानपुरको थाहा नगरपालिका ४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक सल्यानका २२ वर्षीय भिम बहादुर खड्का रहेका छन्।

नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *