प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

डिसी नेपाल
२६ कार्तिक २०८२ १६:३१
112
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको भेटका क्रममा महानिरीक्षक खापुङले आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका थिए।

महानिरीक्षक खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ सिंहदरबार पुगेका थिए।

प्रधानमन्त्री कार्कीले खापुङको आगामी जीवनका लागि शुभकामना व्यक्त गरिन्।

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औँ प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *