बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड
बर्दिया। मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ। पछिल्लो एक हप्ता यता दैनिक २०० को हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता भईरहेको छ।
बर्दियामा गत असोज १० गते यता एक हजार पाँच सय ७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले गत २० गते यता दैनिक मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको बताए।
निर्वाचन आयोगले टेलिकममा ब्याकटोनबाट सन्देश प्रशासरण गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको उनले बताए।
यस पटक मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरू स्वस्फुर्त रुपमा आएको पाईएको छ। निर्वाचन कार्यालय बर्दियाका अनुसार यस बर्ष कुनै राजनीतिक दल र स्थानीय निकायले मतदाताहरूलाई गाडीमा ल्याएका छैनन्।
मतदाता नामावलीमा नाम दता गराउने समय तीन दिन मात्र बाँकी रहेको छ। अझैपनि बर्दिया जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरू धेरैनै छुटेका छन्। केही दिन अझै थप गर्नुपर्ने देखिएको छ।
बर्दिया जिल्लामा असोज १० गते भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार दुई सय ३३ र अन्य छ जना गरी तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता थिए। तुलनात्मक रुपमा बर्दिया जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून रहेको छ।







डिसी नेपाल








Facebook Comment