‘सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ’
काठमाडौं। पहिला देश(पिलुल्स रिभोल्यूसन)ले मंसिर ५ गतेदेखि पौष १० गतेसम्म पूर्वको पाथीभरादेखि पश्चिम लिम्पियाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ।
‘पहिला देश’ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सुशीला कार्की नेतृत्वको सरकारको विस्थापनको मागसमेत गरेको छ।
पहिला देशका संयोजक एसपी शाहले वर्तमान सरकारले जेन्जीको बलिदानको अवमूल्यन गरेर पुरानै बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरुले उनको विस्थापन र देशको निकासका लागि संघर्षको घोषणा गर्नुपरेको बताए।
पहिला देशका प्रवक्ता डा.निकोलस भुसालले जेनजी युवाहरुलाई गोली हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पक्राउ गर्नुको सट्टा आफूहरुलाई पक्रने कार्य गैरन्यायीक भएको जिकिर गरेका छन्।
बदलिदो परिस्थिति अनुसार देशलाई नयाँ निकास दिनुको सट्टा भ्रष्टाचार र कुशासनलाई नै निरन्तरता दिने वर्तमान सरकारका प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने भुसालले बताए।
पहिला देशका सचिवालय सदस्य धरणीधर दाहालले सुशीला कार्की सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै आएको जिकिर गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन नहुने आवस्थामा फागुन २१ गते चुनाव हुन नदिने चेतावनी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment