पाल्पामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु
पाल्पा। निस्दी गाउँपालिका-५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
बेलडाँडा बजारमा स्थानीय भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर केवरापानी बस्ने ६३ वर्षीय टुकबहादुर सोमैको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।
नयाँ घर निर्माणका लागि पूरानो घर भत्काउने क्रममा सोमै घरमुनि च्यापिएर घाइते भएका थिए। उनको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment