पाल्पामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु
पाल्पा। निस्दी गाउँपालिका-५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
बेलडाँडा बजारमा स्थानीय भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर केवरापानी बस्ने ६३ वर्षीय टुकबहादुर सोमैको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।
नयाँ घर निर्माणका लागि पूरानो घर भत्काउने क्रममा सोमै घरमुनि च्यापिएर घाइते भएका थिए। उनको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment