महाधिवेशन मिति तोक्न माग गर्दै कांग्रेसका २५ केन्द्रीय सदस्यले बुझाए पत्र
काठमाडौं । नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्न माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्।
शुक्रबार उनीहरूले पार्टी मुख्यालय सानेपा पुगेर ध्यानाकर्षण पत्र दर्ता गएका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र बुझाउने भनिए पनि उनी उपस्थित नभएपछि पार्टी कार्यालयमा पत्र दर्ता गरिएको हो।
१४औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलमा रहेका उनीहरूले फागुन २१ को चुनावअघि महाधिवेशन गर्न माग गर्दै हस्ताक्षरसहित पत्र बुझाएका छन्।
कांग्रेसमा नियमित महाधिवेशन कि विशेष विशेष महाधिवेशन गर्ने भन्ने विषयमा २५ केन्द्रीय सदस्यले आफ्नो धारणासहित पत्र दर्ता गराएका छन्।




No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment